प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।

बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन्।

घिमिरेको पक्षमा १६७ मत खस्दा न्यौपानेको पक्षमा १०० मत खसेको हो। मत दिन्न भन्नेमा एक मत खसेको थियो।

एमालेका सुवासचन्द्र नेम्वाङले घिमिरेलाई प्रस्ताव राखेका थिए भने समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए।

घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन्।

माघ ५, २०७९ बिहीबार १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।