सभामुखमा प्रभु शाहकाे समर्थन देवराज घिमिरेलाई
काठमाडौं : सभामुखको निर्वाचनमा स्वतन्त्र सांसद् प्रभु शाहले नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्ने भएका छन्।
बिहीबार सभामुखको निर्वाचनअघि भएको छलफलमा सांसद शाहले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एमालेका घिमिरेलाई समर्थन गरेका हुन्।
उनले जनताले देशमा भएका राजनीतिक दलहरू मिलेर अघि बढेको नै हेर्न चाहेको भन्दै सबैसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताए।
शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्नुका साथै विश्वासको मतसमेत दिएका थिए।
माघ ५, २०७९ बिहीबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।