थाेत्रा प्लेनका मालिकलाई समात्न कुन कानुनले राेक्याे?- सिके राउत
काठमाडाैंः जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले नेपालमा भइरहेकाे विमान दुर्घटनाका सन्दर्भमा थाेत्रा प्लेनका मालिकहरूलाई समातेर छानबिन गर्न कुन कानुनले राेककाे छ भनेर संसदमा प्रश्न गरेका छन्।
यसै साता पाेखरामा भएकाे उती एयरकाे विमान दुर्घटनाकाे विषयमा आज संसदमा बाेल्दै उनले पुराना विमान चलाउने कम्पनीकाे कानुनी छानबिन गर्न माग गरेका छन्।
‘गाडी र माेटरसाइकलले दुर्घटनामा मान्छे मारेमा सबैभन्दा पहिला त्यस साधनकाे मालिकलाई समातेर कारबाही थालिन्छ,’ उनले प्रश्न गरे, ‘तर थाेत्रा प्लेनका मालिकलाई समात्न कुन कानुनले राेक्याे? सानालाई ऐन ठुलालाई चैन जस्ताे किन?’
उनले राजनीतिक दलमा राष्ट्रिय सहमती पदकाे भाग लगाउने बेलमा मात्र कायम हुने र देशमा संकट परेकाे बेलमा यसले काम गर्न नसकेकाे बताएका छन्।
माघ ५, २०७९ बिहीबार १३:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।