म्यानपावर एजेन्टलाई श्रममन्त्री बनाएर आलोचित गृहमन्त्र रविले संसद्मा पढाए ‘विधि र पद्धति’को पाठ

म्यानपावर एजेन्टलाई श्रममन्त्री बनाएर आलोचित गृहमन्त्र रविले संसद्मा पढाए ‘विधि र पद्धति’को पाठ

काठमाडौँ : म्यानपावर एजेन्टलाई श्रममन्त्री बनाएर आलोचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा विधि र पद्धतिबाट एक इन्च तलमाथि नगरी काम गर्ने दाबी गरे।

हत्या अभियोगमा उच्च अदालतबाट पक्राउ आदेश जारी भए पनि निर्बाध संसद्मा आउने गरेका लक्ष्मी महतो कोइरीको पक्राउबारे बिहीबार संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले जिज्ञासा राखेका थिए।

कोइरी संसद्मा छन् या छैनन् अनि उनी सभामुखको निर्वाचनमा सहभागी हुन्छन् या हुन्नन् भनेर खतिवडाले प्रश्न राखेका थिए।

नागरिकता र राहदानीको दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा चलिरहेका गृहमन्त्री समेत रहेका लामिछानेले गृह मन्त्रालय विधि र पद्धतिबाट एक इन्च, एक पाइला तलमाथि नहुने र त्यसका लागि दबाब समेत नदिन भने।

लामिछानेले भने'माननीय सांसदज्यूले फरार रहनु भएका मानिस संसद्मा हुनुहुन्छ भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालयले काम गर्नेछैन। कुनै पनि दबाब र प्रलोभनमा काम हुने छैन । विधि र पद्धतिभन्दा बाहिर गएर काम हुने छैन।'

महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएर उनले पुस २६ मा सङ्घीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए। एमालेबाट निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन बिकको हत्याका अभियुक्त हुन्।

माघ ५, २०७९ बिहीबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।