देश चलाउन पर्याप्त ऊर्जा नभएको भन्दै न्युजिल्याण्डकी प्रधानमन्त्रीले गरिन् पदत्यागको घोषणा

देश चलाउन पर्याप्त ऊर्जा नभएको भन्दै न्युजिल्याण्डकी प्रधानमन्त्रीले गरिन् पदत्यागको घोषणा

एजेन्सीः न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले अब अर्काे महिना आफूले प्रधानमन्त्रीकाे पद छाड्ने अप्रत्यासित घोषणा गरेकी हुन्।

आगामी महिनामा हुने आम निर्वाचन अघि नै उनले पद छाड्ने बताएकी छन्। आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारिन्।

बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताएकी छन्। उनले भनिन्, ‘म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो।’  

उनले फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने बताएकी छन्। सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उनी विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।

माघ ५, २०७९ बिहीबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।