लुइस सुआरेजले नयाँ क्लबकाे डेब्यु खेलमै गरे ह्याट्रिक, टिमलाई दिलाए उपाधि

लुइस सुआरेजले नयाँ क्लबकाे डेब्यु खेलमै गरे ह्याट्रिक, टिमलाई दिलाए उपाधि

एजेन्सीः उरुग्वेका स्टार फरवार्ड लुइस सुआरेजले नयाँ क्लब ग्रेमिओका लागि खेलेकाे पहिलाे खेलमा नै ह्याट्रिक गरेका छन्।

बार्सिलाेना तथा लिभरपुलका पूर्व स्टार खेलाडी सुआरेजले ब्राजिलियन क्लब ग्रेमिओका लागि डेब्यु खेलको पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेका हुन्।

३५ वर्षीय सुआरेजले खेलकाे ३८ मिनेट भित्र नै तीन गाेल गरेका थिए। उनकै तीन गाेलकाे सहयाेगमा ग्रेमिओले साओ लुइजलाई ४-१ ले हराउँदै रेकोपा गाउचाकाे उपाधि जित्याे।

सुआरेजले भर्खरै ब्राजिलियन क्लब ग्रेमिओसँग २ वर्षका लागि सम्झौता गरेका छन्।

माघ ५, २०७९ बिहीबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।