सगरमाथा जलविद्युत्‌को आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

सगरमाथा जलविद्युत्‌को आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं: सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन पाइने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजबाट आवेदन दिन पाउने भएका हुन्।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीयका लागि निष्काशन गरेको हो।

यस्तै चार लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीका सिलसिलामा नेपालबाहिर रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

आयोजन प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन बन्द छिटोमा माघ १९ गते हुनेछ। सो अवधिमा मागबमोजिम आवेदन नपरेमा फागुन ५ गतेसम्म म्याद थपिनेछ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १९ गतेभित्र नै आवेदन दिनुपर्नेछ।

इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी आईआर त्रिपल बी माइनस' रेटिङ प्रदान गरेको छ। यो भनेको कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहनु हो।

कम्पनीले हाल एक अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँको लागतमा ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

माघ ५, २०७९ बिहीबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।