केही स्थानमा आज हिमपात हुँदै
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। यतिबेला सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली प्रदेशका र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति पनि यही मौसमी प्रणाली रहनेछ।
साथै तराईका भू-भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
माघ ५, २०७९ बिहीबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।