नेपाली बक्सर इन्द्रबहादुरले हराए लाओसका खेलाडीलाई, एसियन च्याम्पियनसिपकाे क्वाटरफाइनलमा प्रवेश
काठमाडाैंः नेपाली बक्सर इन्द्रबहादुर सुनार थाइल्याण्डको राजधानी बैंककमा जारी यू–२२ (२२ वर्षमुनि) एसियन बक्सिङ च्याम्पियनसिपकाे क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
च्याम्पियनसिपकाे अन्तर्गत ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई पराजित गरे। सुनारले अब क्वाटरफाइनल खेलमा मङ्गोलियन खेलाडी गन्तुमार लुण्डासँग खेल्नेछन्।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) तर्फ सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
उनीहरुले क्रमशः इनडनेसियाका खेलाडी मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन्।
माघ ४, २०७९ बुधबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।