मोबाइल सेवा अवरुद्ध हुने समस्याकाे दीर्घकालीन समाधान गर्छाैंः नेपाल टेलिकम

मोबाइल सेवा अवरुद्ध हुने समस्याकाे दीर्घकालीन समाधान गर्छाैंः नेपाल टेलिकम

काठमाडाैंः नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने बताएकाे छ।

मंगलबार दिउँसाे करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आइ छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध भएकाे थियाे।

त्यस समस्या कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै अब प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ।

टेलिकमले आज एक विज्ञप्ति जारी गर्दै सेवाग्राहीलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी प्रतिबद्ध रहेको र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने जनाएकाे छ।

साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले अनुरोध गरेको छ। 

माघ ४, २०७९ बुधबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।