जुम्लाको पातारासी गाउँपालिकाले एमबीबीएस पढ्नेलाई ३५ लाख छात्रवृत्ति दिने
जुम्लाः जुम्लाको पातारासी गाउँपालिकाले गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ।
पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।
एमबीबीएस लगायत प्रविधिक विषयमा पढाउन सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ।
पालिकाले आफ्नो लगानीमा एक जनालाई एमबीबीएस पढाउन रु ३५ लाख लगानी गर्ने भएको हाे। पाँच वर्षसम्म रु सात लाखका दरले पालिकाले एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने जनाइएकाे छ।
माघ ४, २०७९ बुधबार २०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।