पहिलाे पटक महिलालाई सैन्य प्रशिक्षण दिँदै ताइवान, चीनकाे डरका कारण सेनालाई बलियो बनाउने प्रयास

पहिलाे पटक महिलालाई सैन्य प्रशिक्षण दिँदै ताइवान, चीनकाे डरका कारण सेनालाई बलियो बनाउने प्रयास

एजेन्सीः ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ। पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुने बताइएकाे छ।

चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो। रक्षा मन्त्रालयका अनुसार यसै वर्षको मध्यतिर करिब दुई सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ।

बाह्य आक्रमाणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ। 

हालै ताइवानले पुरुषले अनिवार्य सैन्य सेवा गर्नुपर्ने चार महिनाको प्रावधानलाई बढाएर एक वर्ष बनाइएकाे छ। यद्यपि महिलाहरू पनि सशस्त्र बलमा स्वयम्सेकका रूपमा सेवा गर्न सक्ने व्यवस्था छ।

सन् १९४९ को चिनियाँ गृहयुद्धमा ताइवान र चीन विभाजित भएका हुन्। पहाडी टापु ताइवानलाई चीनले आफ्नो भूमिका रुपमा दाबी गरिरहेको छ भने आवश्यक परे बल प्रयोग गरेर मूलभूमिमा एकीकरण गर्ने बताउँदै आएको छ। 

माघ ४, २०७९ बुधबार १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।