शुभमन गिल बने एकदिवसीय क्रिकेटमा दाेहाेराे शतक बनाउने विश्वकै कान्छा खेलाडी, न्युजिल्यान्डविरुद्ध हाने २०८ रन
एजेन्सीः भारतका युवा क्रिकेट खेलाडी शुभमन गिलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा दाेहाेराे शतक हान्ने विश्वकै सबैभन्दा कान्छा खेलाडीकाे रेकर्ड बनाएका छन्।
न्युजिल्यान्डविरुद्धकाे पहिलो ओडिआई खेलमा दोहोरो शतक हान्दै उनले २०८ रन जाेडे। शुभमन गिलले १४९ बलमा १९ चौका र ९ छक्कासहित २०८ रन जाेडेका थिए।
मात्र १९ ओडिआई खेल खेलेका २३ वर्षीय गिलले भारतकै अर्का खेलाडी ईशान किशनको नाउँमा रहेकाे याे कीर्तिमान तोडेका हुन्। गिल एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोहोरो शतक प्रहार गर्ने विश्वका आठौं ब्याटर पनि बनेका छन्।
गिलकाे याे सान्दार प्रदर्शनसँगै हैदराबादमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रन बनाएकाे छ।
माघ ४, २०७९ बुधबार १९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।