कुनैपनि मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नैपर्ने मन्त्रिपरिषदकाे निर्णय

कुनैपनि मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नैपर्ने मन्त्रिपरिषदकाे निर्णय

काठमाडाैंः अब मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी राष्ट्रका प्रतिनिधिलाई भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी साथमा राख्नुपर्ने भएको छ। सिंहदवारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले याे निर्णय गरेकाे हाे। 

मन्त्रीहरुले कूटनीतिक नियोगसँगै विदेशी प्रतिनिधिहरुलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बताए।

माघ ४, २०७९ बुधबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।