मेस्सी र रोनाल्डोकाे खेल हेर्न एक व्यापारीले किने ३४ कराेडकाे एउटा टिकट, २ वर्षपछि हुँदैछ यी दुईकाे भेट

मेस्सी र रोनाल्डोकाे खेल हेर्न एक व्यापारीले किने ३४ कराेडकाे एउटा टिकट, २ वर्षपछि हुँदैछ यी दुईकाे भेट

एजेन्सीः विश्व फुटबलका दुई महान् खेलाडी मेस्सी र रोनाल्डोबीच २ वर्षपछि भिडन्त हुँदैछ। बिहीबार हुने एक मैत्रीपूर्ण खेलमार्फत विश्वभरका फुटबल समर्थकहरूले स्टार फरवार्डहरू मेस्सी र राेनाल्डाेबीचकाे मैदानी प्रतिस्पर्धा हेर्न पाउने भएका छन्।

यस खेलमा मेस्सीले फ्रान्सेली क्लब पीएसजीबाट र राेनाल्डाले साउदीकाे रियाद अल स्टार ११ टिमबाट खेल्न लागेका हुन्। खेल नेपाली समयअनुसार रातको १०ः४५ बजे सुरु हुनेछ।

यसै खेलका लागि भनेर एक साउदी व्यापारीले विश्व फुटबलमा हालसम्मकै महँगाे टिकट किनेका छन्। उनले यस खेलकाे एक भीआईपी टिकटका लागि २.६ मिलियन डलर खर्च गरे।

जुन नेपाली रुपैयाँमा बदल्दा आजकाे मूल्यअनुसार ३४ कराेड १२ लाख रुपैयाँ भन्दा माथि हुन आउँछ। साउदी व्यापारी मुसर्रफ बिन अहमद अल घाम्दीले लिलाम बढाबढमा याे टिकट किनेका हुन्।

यस टिकटबाट उठेकाे पैसा च्यारिटीकाे लागि हस्तान्तरण गरिने बताइएकाे छ।

यसअघि मेस्सी र रोनाल्डोबीच सन् २०२० काे डिसेम्बरमा च्याम्पियन्स लिगकाे खेलमा भेट भएकाे थियाे। त्यस समयमा मेस्सी बार्सिलोना र राेनाल्डाे युभेन्ट्समा थिए।

माघ ४, २०७९ बुधबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।