युक्रेनमा शिशु पाठशाला नजिक हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १८ जनाको मृत्यु
एजेन्सीः युक्रेनमा हेलिकप्टर दुर्घटनामा परी देशका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। बुधबार राजधानी किभको बाहिरी भागमा रहेको शिशु पाठशाला नजिक भएको दुर्घटनामा ४२ वर्षीय गृहमन्त्री डेनस्की मोनास्ट्रिस्कीको मृत्यु भएको हो।
यस दुर्घटनामा तीन जना बालबालिका पनि मारिएकाे अधिकारीहरूले बताएका छन्। दुर्घटनामा हेलिकप्टरमा रहेका ९ जना र जमिनमा रहेका अन्य ९ जनाकाे मृत्यु भएकाे हाे।
राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन्। यस घटनामा गृहमन्त्रालयका अन्य उच्च अधिकारी र गृहमन्त्रीका सहायक मन्त्रीको पनि ज्यान गएको छ।
त्यसैगरि १० जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ। दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका रहेका थिए।
माघ ४, २०७९ बुधबार १६:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।