लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ

बुटवलः लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाँणले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खाँड केसीलाई प्रदेश सभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराएका थिए।

मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत उनीहरू निर्विरोध चयन भएका थिए। 

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए। अब माघ ५ गते बस्ने प्रदेशसभाको बैठकको सञ्चालन भने सभामुख तुलाराम घर्तीले गर्ने छन्।

सोही दिन मुख्यमन्त्री लीला गिरीले विश्वासको मत ल्याउने कार्यतालिका रहेकाे छ।

माघ ४, २०७९ बुधबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।