न्यूजिल्याण्डबाट अष्ट्रेलिया जाँदै गरेको विमानमा ‘मेडे अलर्ट’ जारी

न्यूजिल्याण्डबाट अष्ट्रेलिया जाँदै गरेको विमानमा ‘मेडे अलर्ट’ जारी

एजेन्सी : न्यूजिल्याण्डको अकल्याण्डबाट अष्ट्रेलियाको सिड्नी जाँदै गरेको विमानले ‘मेडे अलर्ट’ जारी गरेको छ।

यद्यपि विमान विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। विमानले यो अलर्ट किन जारी गरेको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन।

उडानका क्रममा गम्भीर र आसन्न खतरा आएर तत्काल सहयोग चाहिएमा मेडे अलर्ट जारी गरिन्छ।

तर, अलर्ट प्राप्त हुने बित्तिकै सिड्नी एयरपोर्ट नजिक धेरै एम्बुलेन्स र दमकल जम्मा भएका थिए। रिपोर्टका अनुसार विमानमा इन्जिन सम्बन्धी समस्या देखिएको थियो।

क्वान्टास बोइङ ७३७–८०० विमानमा न्यूजिल्याण्डका १०० यात्रु सवार रहेको बताइएको छ। अलर्ट पाएपछि एम्बुलेन्स, दमकलसँगै प्यारामेडिकको टोली पनि बोलाइएको थियो।

माघ ४, २०७९ बुधबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।