साैगातसँग कुरा नमिलेपछि ‘भगवत् गीता’मा भित्रिए विपीन
काठमाडौं : झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’मा अभिनेता विपीन कार्की भित्रिएका छन्।
बुधबार दिउँसो निर्देशक थापा र निर्माता सुनिलकुमार थापाले विपीनलाई चलचित्रमा अनुबन्ध गरेको जानकारी गराएका हुन्।
चलचित्र निर्माण पक्षले यसअघि सौगात मल्लसँग कुरा गरिरहे पनि कुरा नमिलेपछि विपीन अनुबन्ध गरेको हो।
चलचित्रमा यसअघि नै सुहाना थापाको अपोजिटमा धिरज मगर अनुबन्ध भइसकेका छन्।
निर्माण टिमले जनकपुर मन्दिरमा गएर सुटिङ गरेको चलचित्रको फस्टलुक सार्वजनिक गरिसकेको छ।
माघ ४, २०७९ बुधबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।