माघ १३ गते ३४ कराेडकाे शेयर जारी गर्दै मायाखोला हाइड्रो

माघ १३ गते ३४ कराेडकाे शेयर जारी गर्दै मायाखोला हाइड्रो

काठमाडौं : मायाखोला हाइड्रोपावर कम्पनीले आम सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ। कम्पनीले माघ १३ देखि १७ गतेसम्म आईपीओ जारी गर्न लागेको हो।

यसअघि कम्पनीले स्थानीय प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरूलाई शेयर जारी गरेको थियो। कम्पनीको जारी पुँजी एक अर्ब रूपैयाँ छ। यसको ३४ प्रतिशत शेयर जारी गर्नेछ।

यसमध्ये १० प्रतिशत शेयर प्रभावितलाई बिक्रीमा राखेको थियो। त्यसबाट केही शेयर बिक्री भएन। बिक्री नभएको समेत गरेर कम्पनीले कुल १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

माघ ४, २०७९ बुधबार १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।