बुधबार पनि घट्याे सुनचाँदीकाे मूल्य
काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार सुनको मूल्य तोलामा ६०० रूपैयाँले गिरावट आउँदा चाँदी तोलामा १५ रूपैयाँले घटेको हो।
घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनकाे मूल्य ताेलामा १ सय रूपैयाँ घटेकाे थियाे।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँ कायम भएको छ।
महासंघका अनुसार बुधबार चाँदीको प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।
माघ ४, २०७९ बुधबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।