झापाका देवराज घिमिरे एमालेबाट सभामुखको उम्मेदवार बन्ने पक्का

झापाका देवराज घिमिरे एमालेबाट सभामुखको उम्मेदवार बन्ने पक्का

काठमाडौं : एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ।

घिमिरेलाई उम्मेदवार बनाउने सहमति भएको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

गुरुङसहित छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको हो।  गुरुङले आफूले अझै सक्रिय राजनीति गर्नुपर्ने भन्दै पछि हटेको बताए।  

घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।  प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ।

बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ। 

प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियो

माघ ४, २०७९ बुधबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।