विमान दुर्घटनामा मृत्यु भएका चार भारतीयको परिवारलाई उत्तर प्रदेश सरकारले पाँच लाख रूपैयाँ दिने

विमान दुर्घटनामा मृत्यु भएका चार भारतीयको परिवारलाई उत्तर प्रदेश सरकारले पाँच लाख रूपैयाँ दिने

एजेन्सी : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ज्यान गुमाउने पाँच भारतीयमध्ये उत्तर प्रदेशका चारजनाको परिवारलाई प्रदेश सरकारले पाँच–पाँच लाख रूपैयाँ दिने भएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै मृतकका परिवारलाई राहतस्वरूप पाँच–पाँच लाख रूपैयाँ दिने घोषणा गरेका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, ‘युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।’

काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो। ७२ जना सवार विमान दुर्घटनामा ७१ जनाको शव भेटिएको छ। एकजना अझै बेपत्ता रहकाले खोजीकार्य जारी छ।

सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ। मृतकको शव आफन्तलाई बुझाउने क्रमसमेत सुरु भएको छ।

माघ ४, २०७९ बुधबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।