जर्मनीको विरोध प्रदर्शनमा ग्रेटा थनबर्ग पक्राउ, तीन प्रहरीले झुण्ड्याएर लगे

जर्मनीको विरोध प्रदर्शनमा ग्रेटा थनबर्ग पक्राउ, तीन प्रहरीले झुण्ड्याएर लगे

एजेन्सी : प्रसिद्ध वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई पश्चिम जर्मनीमा चलिरहेको विरोध प्रदर्शनका क्रममा प्रहरीले केही समयका लागि हिरासतमा लिएको थियो।

उनी अन्य वातावरणीय अयियन्ताहरूसँग जर्मनीको लगस्थलाई कोइला खानीमा विस्तार गर्नका लागि भत्काइएकोमा विरोधमा प्रदर्शनमा उत्रिएकी थिइन्।

यद्यपि प्रहरीले भने थुनबर्गलाई पक्राउ नगरिएको दाबी गरेको छ। उनलाई नियन्त्रमा लिएर परिचयपत्र जाँच गरेपछि छाडिएको प्रहरीको तर्क छ।

वातावरणीय कार्यकर्ताहरूको समूह ग्राजवेइलर २ खानीतर्फ द्रुत गतिमा अघि बढ्न थालेपछि थनबर्गलाई पक्राउ गरिएको थियो। प्रहरी अधिकारीले हिरासतमा लिइएकामाथि कुनै मुद्दा नचल्ने बताएको छ।

थनबर्गलाई नियन्त्रणमा लिइएको भिडियो सार्वजनिक भएको छ जसमा तीनजना प्रहरीले उनलाई झुण्ड्याएर लिएर गएका छन्। पछि उनी प्रहरीको बसमा बस्दै मुस्कुराइरहेको देखिन्छ।

जर्मन सरकारले सन् २०३० सम्ममा खानी रहेको राज्य नर्थ राइन–वेस्टफालियामा सन् २०३८ सम्म सम्पूर्ण देशका लागि कोइला उत्पादन गर्ने लक्ष्य राखेको छ।

लिग्नाइट कोइलाको सबैभन्दा फोहोर रूप हो र यसको २५ मिलियन टन लक्सोर्थ वरपरको क्षेत्रमा प्रत्येक वर्ष उत्पादन गरिन्छ।

यस गाउँको स्वामित्व ऊर्जा कम्पनी आरईडब्लुसँग छ र कम्पनीले यो चिसो मौसममा यहाँ पाइने कोइला आवश्यक रहेको बताएको छ।

रुसबाट ग्यास नआएपछि ऊर्जाको माग पूरा गर्न कोइला खानी विस्तार गर्नुपर्ने जर्मनी सरकारको भनाइ छ।

माघ ४, २०७९ बुधबार ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।