आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक
काठमाडौं : आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ।
यसअघि ल्याइएको उक्त अफर ग्राहकको उच्च मागका कारण पौष ३० गतेबाट पुनः सुरु गरिएको कम्पनीले जनाएको छ।
अफर मार्फत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइलमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउनेछन्।
हरेक प्रयोगकर्ताहरुले एक महिनाको अन्तरालमा आफ्नो मोबाइलमा रिचार्ज गर्दा अधिकतम १०० रूपैयाँ क्यासब्याक र अरू मोबाइलमा रिचार्ज गर्दा अधिकतम १०० रूपैयाँ गरी २ सय रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
आइएमई पेका हालसम्म ४० लाखभन्दा बढि प्रयोगकर्ता छन्।
माघ ४, २०७९ बुधबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।