आजकाे माैसम समान्य, भाेलि र पर्सी पानी पर्ने
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बांकी भू–भाग सामान्यतया सफा छ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै बिहीबार र शुक्रबार देशका कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावनासमेत रहेको महशाखाले जनाएको छ।
माघ ४, २०७९ बुधबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।