सभामुख निर्वाचनका दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने

सभामुख निर्वाचनका दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने

काठमाडौं : प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ।

तर, अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरूले उमेदवार तय गर्न सकेका छैनन्।

सत्ता साझेदार दलमा राष्ट्रपति र सभामुख लिने भनेर चर्चामा आएको एमालेले अहिलेसम्म सभामुखको उम्मेदवार तोक्न सकेको छैन।

सरकारलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदजारी दिने वा नदिने भन्ने निर्णय गर्न सकेको देखिँदैन।

कांग्रेसले विश्वासको मत दिनएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख र राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनका लागि छलफल गरे पनि मंगलबारको सर्वदलीय बैठकमा त्यस विषयमा सहमति हुन सकेन।

एमालेले आफूले पहिले नै पाउनुपर्ने भनेका पदहरू नछाड्ने अडान राखेपछि सहमति हुन नसकेको हो।

माघ ४, २०७९ बुधबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।