त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ हजार युरोसहित २१ नेपाली पक्राउ
काठमाडौ : काठमाडौंबाट दुवई हुँदै क्रोयसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ।
उडानमा रहेका २१ जनाको पासपोर्ट जाँच गर्दा युरो लाने अनुमति नलिएको पाइएपछि थप जाँच गरिएको थियो।
जाँचको क्रममा ५१ हजार ३५० युरोसहित २१ जनामाथि जाँच गरिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुरक्षा फोर्सले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विमानस्थल बाहिर रहेका युरो पठाउने एजेन्ट पदम विश्वकर्मालाई पनि एक लाख २० हजार नेपाली रूपैयाँसहित नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ।
आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको जानकारी पनि प्रहरीले दिएको छ।
माघ ४, २०७९ बुधबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।