कर नतिरेपछि ऐश्वर्या राय बच्चनलाई राजश्व विभागकाे पत्र

कर नतिरेपछि  ऐश्वर्या राय बच्चनलाई राजश्व विभागकाे पत्र

एजेन्सी : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई राजश्व विभागले पत्र पठाएको छ। 

आफ्नो जग्गाको कर नतिरेपछि नासिकका तहसीलदारले अभिनेत्रीविरुद्ध नोटिस पठाएको बलिउडलाइफले लेखेको छ। उनले नासिकको सिन्नारको अडवाडीको पहाडी क्षेत्रमा एक हेक्टर जमिन छ।

ऐश्वर्याले एक वर्षको करबापत २१ हजार ९६० रूपैयाँ तिर्नुपर्ने थियो। ऐश्वर्यासँगै त्यस क्षेत्रका १२ सय घरधनीलाई पनि तहसीलदारले कर बक्यौता पत्र जारी गरेको छ।

ऐश्वर्यालाई जारी गरिएको नोटिसमा मार्च अन्त्यसम्म कर तिर्न भनिएको छ। ऐश्वर्याविरुद्ध राजश्व विभागले यो कारबाही गरेको हो। यो विषयमा ऐश्वर्या राय बच्चनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

ऐश्वर्याले यो १ हेक्टर जमिनबाट हावाबाट बिजुली निकाल्ने कम्पनी सुजलोनमा लगानी गरिरहेकी छन्। कम्पनीमा ऐश्वर्याबाहेक अरु धेरैले पनि लगानी गरेका छन्। यस्तो अवस्थामा यी सबै जग्गाधनीहरु समस्यामा फसेका छन्।

माघ ३, २०७९ मंगलबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।