बलात्कार मुद्दामा पल शाहलाई सफाइ
काठमाडौं : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ।
नाबालिकलाई बलात्कार आराेपमा मुद्दा चलिरहेका शाहलाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हाे।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो।
तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिवाना तोकेको थियो।
उनी हाल तनहुँ कारागारमा छन्।
माघ ३, २०७९ मंगलबार १८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।