नवनियुक्त मन्त्री किराँतीले पोखरा दुर्घटनाबारे जानकारी लिए, खोज र उद्दारमा कमी हुन नदिन निर्देशन दिए
काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले आइतबार पोखरामा भएको विमान दुर्घटना र त्यसपछि भइरहेका खोज तथा उद्दारको बारेमा जानकारी लिनुभएको छ।
मंगलबार मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री किराँतीले आइतबार पोखराको सेतीखोंचमा भएको दुर्घटना र त्यसपछि गरिएको खोज तथा उद्दारको बारेमा जानकारी दिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
प्राधिकरण सञ्चालक समितिका प्रमुख नवीनप्रसाद अधिकारीले विज्ञप्ति निकालेर मन्त्री किराँतीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग नेपालको समग्र हवाइ सुरक्षाको स्थितिबारे जानकारी लिएका थिए।
यस्तै उनले खोज तथा उद्दार कार्यमा कुनै कमीकमजोरी रहन नदिन आवश्यक सम्पूर्ण कार्यहरू गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन्।
माघ ३, २०७९ मंगलबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।