पाेखरा दुर्घटनाकाे अध्ययन गर्न फ्रान्सबाट आयाे एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली
काठमाडाैंः पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ।
एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए। नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको उनले बताए।
सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरिसकेको छ भने आयोगले जाँचको काम सुरु गरिसकेको छ।
विमान दुर्घटनामा परेका ७१ जनाको शव प्राप्त भइसकेको छ भने बाँकी एक जनाको खोजी जारी छ। उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइँदै छ।
माघ ३, २०७९ मंगलबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।