सेयर बजारमा उछाल, ३२ अंकले बढ्यो नेप्से
काठमाडाैंः आज (मंगलबार) धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ मा पुगेको छ।
मंगलबार कारोबार भएकामध्ये १६९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको हाे। आजको कारोबारमा कूल एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ मूल्यमा कारोबार भएको छ।
आज कारोबारकाे आधारमा जलविद्युत् कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ। कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ।
नेप्सेका अनुसार ग्रीन भेञ्चर्स, आदर्श लघुवित्त र पिपल्स हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
माघ ३, २०७९ मंगलबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।