सेवा अवरुद्ध भएकाेमा नेपाल टेलिकमले माग्याे माफी
काठमाडौं: आज दिउँसो केही सयम सेवा अवरुद्ध भएकाेमा नेपाल टेलिकमले माफी मागेकाे छ। टेलिकमले प्राविधिक कारणले समस्या देखिएकाे र हाल सबै समस्या समाधान भैसकेकाे जनाएकाे छ।
दिउँसो १२ बजेदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएकाले केही समय टेलिकममा फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या देखिएको थियाे।
कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको थियाे भने टेलिकमको बेवसाइट पनि खुलेकाे थिएन।
माघ ३, २०७९ मंगलबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।