लुम्बिनीका मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन्।
माघ ५ गते बस्ने प्रदेश सभाको बैठकमा गिरीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्।
५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई प्रदेश सभामा प्रतिनिधित्व भएका १० मध्ये स्वतन्त्रसहित ६ दलको समर्थन छ।
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी भने सरकारबाहिर छन्।
माघ ३, २०७९ मंगलबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।