नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, डेटा समेत नचल्ने समस्या
काठमाडौं: नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएको छ। केही बेरअघिदेखि टेलिकममा फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या देखिएको छ।
कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ। टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन।
यसबारे टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन। आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरूले सामाजिक सञ्जालमा गरिरहेका छन्।
माघ ३, २०७९ मंगलबार १३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।