सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित, तीन पटकको मतदान पछि बल्ल ल्याए बहुमत

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित, तीन पटकको मतदान पछि बल्ल ल्याए बहुमत
तस्बिरः सुदूर खबर

काठमाडाैंः सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। मंगलबार भएकाे तेस्रो पटककाे मतदानबाट सत्तारूढ गठबन्धनका भण्डारी सभामुख बनेका हुन्।

मतदानमा उनले कुल २९ मत पाएर बहुमत ल्याए। उनको विपक्षमा २३ मत परेको थियो। सुदूरपश्चिममा कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो। 

यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेकाे थिएनन्।

माघ ३, २०७९ मंगलबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।