यी हुन् एमालेबाट थपिने चार मन्त्री
काठमाडौं: आज हुने मन्त्रिपरिषद् विस्तारमा सत्ता साझेदारमध्येको ठूलो दल एमालेले आठ मन्त्रालय पाएको छ। यसअघि नै एमालेबाट चार मन्त्री चयन भइसकेकाले आज थप चार मन्त्रीले शपथ लिनेछन्।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्त्वमा एमाले सरकारमा सहभागी हुनेछ। पौडेलसहित ज्वालाकुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले यसअघि नै मन्त्रीको शपथ गरिसकेका छन्। जसमा पौडेलबाहेक अरू मन्त्री बिनाविभागीय हुन्। उनीहरूले आज मन्त्रालय पाउने भएका छन्।
यस्तै आज थपिने चार जनामा चारै जना नयाँ अनुहार हुन्। सर्लाहीका हरि उप्रेती, पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी र राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेल आज एमालेबाट मन्त्री बन्दैछन्।
जसमध्ये उप्रेतीले रक्षा, गिरीले स्वास्थ्य र विमला राईले परराष्ट्रमन्त्री पाउने सम्भावना बढी छ।
माघ ३, २०७९ मंगलबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।