यती विमान दुर्घटना: ४८ जनाको शव काठमाडौं ल्याइँदै

यती विमान दुर्घटना: ४८ जनाको शव काठमाडौं ल्याइँदै

काठमाडौं: आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौं लगिने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

दुर्घटनामा हालसम्म ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै बेपत्ता छन्। पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव पोखरामा नै आफन्तलाई बुझाउन लागिएको छ।

माघ ३, २०७९ मंगलबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।