तुलाराम घर्ती : सशस्त्र युद्धको 'कमाण्डर'देखि प्रदेश सभाको 'कमाण्डर'सम्म
बुटवल: लुम्बिनी प्रदेश सभामा सोमबार सभामुख पदका लागि मनोनयन दर्ता गर्ने तालिका थियो। साँझ ५ बजेसम्म मनोनयनका लागि अन्तिम समय दिइएकोमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र मनोनय दर्ता भयो।
उनको मनोनयनमा प्रस्तावक एमालेका भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका आशिष चौधरी बने।
सत्ता साझेदार दलबीचको भागबण्डामा सभामुख माओवादी केन्द्रलाई परेको थियो। स्पष्ट बहुमत पनि सत्ता साझेदार दलसँग नै रहेका कारण प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै नदिएको हो।
यसकारण, तुलाराम घर्ती (वसन्त) लुम्बिनी प्रदेश सभामा निविर्रोध सभामुख निर्वाचित भए।
०६४ सालमा पाल्पा क्षेत्र नं. १ बाट संविधान सभाका उम्मेदवार, ०७४ सालमा प्रदेश सांसद हुँदै सचेतकको समेत जिम्मेवारी सम्हालेका घर्ती लुम्बिनी प्रदेशको दोस्रो सभामुख बनेका छन्।
माओवादी सशस्त्र युद्धका कमाण्डर घर्ती अब प्रदेश सभाको कमाण्डर बनेका छन्।
२०२५ साल साउन १५ गते रोल्पाको रोल्पा नगरपालिका- ३ मा जन्मिएका घर्ती २०४२ मा सपरिवार कपिलवस्तुको साविक शिवगढी हालको शिवराज नगरपालिका–९ मा बसाइँ सरेका थिए।
२०६८ सालदेखि उनीको परिवार त्यहाँबाट पनि बसाइँ सरेर अहिले पाल्पाको तिनाउ गाउँपालिका–३ मा बसोबास गर्दै आएका छन्।
०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ती २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए। २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष भए।
समाज रूपान्तरण, राजनीतिक परिवर्तन, आर्थिक विकास र समृद्धिको सपना देख्ने घर्तीको राजनीतिक यात्रा ०४७ सालमा नेकपा मशालको पार्टी सदस्यता लिएसँगै भयो।
उनी सशस्त्र द्वन्द्वको समयमा ०५३ माघ २५ गते देखि ०६२ मंसिरसम्म भूमिगत समेत भए।
२०४८ मा नेकपा मशालको ईलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव भएका घर्ती २०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ती २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भएका थिए।
०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ती २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए। २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष भए।
यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पाल्पा पार्टी सचिव, २०६१ मा रुपन्देही इन्चार्ज भएर काम गरे। साथै २०६२ मा जनआन्दोलनको समयमा दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ती २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्य उम्मेदवार बनेका थिए।
२०७९ सालमा भएको प्रदेश सभाको निर्वाचनमा घर्ती पुनः पाल्पा २(ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचत भए। एसएलसीसम्म अध्ययन गरेका सभामुख घर्तीले राजनीतिमा लाग्नुअघि केही समय अध्यापन समेत गरेका थिए।
२०६५ सालमा मगरहरूको साझा संस्था नेपाल मगर संघको केन्द्रीय महासचिव भएका घर्ती २०७० सालमा मगर संघको केन्द्रीय उपाध्यक्ष बने।
२०७० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २(ख) बाट लुम्बिनी प्रदेश सभाको सदस्यमा निर्वाचित भए।
घर्ती २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पनि केन्द्रीय सदस्य बनेका थिए। नेकपा विभाजनपछि घर्ती माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत बने।
यस्तै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ती पोलिटब्यूरो सदस्यमा चयन भए। घर्ती पाल्पाका माओवादी इन्चार्ज समेत हुन्।
यस्तै २०७९ सालमा भएको प्रदेश सभाको निर्वाचनमा घर्ती पुनः पाल्पा २(ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचत भए। एसएलसीसम्म अध्ययन गरेका सभामुख घर्तीले राजनीतिमा लाग्नुअघि केही समय अध्यापन समेत गरेका थिए।
माघ ३, २०७९ मंगलबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।