यती विमान दुर्घटनाः केही शव आज काठमाडौं पठाइँदै
काठमाडौं: आइतबार बिहान पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं पठाउने तयारी गरिएको छ। चिन्न नसकिने अवस्थाका, काठमाडौंसहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज काठमाडौं पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।
शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव पोखरामा नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ।
“हालसम्म पहिचान भएका २०–२२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ”, उनले भने, “अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ।”
शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौं पठाइने प्रजिअ केसीले जानकारी दिए।
माघ ३, २०७९ मंगलबार ०७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।