कहाँ कहाँ छ हिमपातको सम्भावना ?
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यतिबेला देशका पहाडी भुभागमामा आंशिकदेखि सामान्य बदली रहेको छ।
यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पनि सोही मौसमी प्रणाली रहनेछ।
माघ ३, २०७९ मंगलबार ०७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।