पाँच घण्टाकाे बैठकपछि टुंगियाे मन्त्रीको भागबन्डा, मंगलबार १ बजे शपथग्रहण

पाँच घण्टाकाे बैठकपछि टुंगियाे मन्त्रीको भागबन्डा, मंगलबार १ बजे शपथग्रहण

काठमाडौं : पाँच घण्टा बसेकाे सत्ता साझेदार दलहरूले मन्त्रालयको भागबन्डा टुंग्याएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ पाँच बजे बसेकाे छलफल राति १० बजे सकिएकाे थियाे। छलफलमा कसले कुन मन्त्रालय पाउने भन्नेबारेमा समझदारी भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

उनका अनुसार मंगलबार दिउँसो १ बजे बाँकी मन्त्रीहरूको शपथग्रहण हुनेछ। तर, त्यसअघि एकपटक पुनः छलफल गर्ने भएकाले कसले कुन मन्त्रालय पाउने भन्नेबारेमा अहिले नै जानकारी दिन नमिल्ने उनले बताए।

माघ २, २०७९ सोमबार २२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।