हिँड्दा–हिँड्दै पर्यटकको मृत्यु, उद्धारमा गएका प्रहरीलाई पनि लेक लाग्याे
मनाङ : मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आएका एक पर्यटकको मृत्यु भएको छ।
कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए।
अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङपासको दुई सय मिटर तल कोरियन पर्यटक मृतावस्थामा भेटिएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार उनी कुनै एजेन्सीसँग समन्वय नगरी एक्लै मनाङ भ्रमणमा आएका थिए।
‘जोखिम यात्रामा कुनै पोर्टर, एजेन्सीसँगको समन्वयविना आउँदा अप्रिय घटना घट्ने गरेको छ, पर्यटकले बुझेर आएमा बचाउन सकिने थियो’,उनले भने।
पर्यटकको उद्धारमा गएका प्रहरी टोली लेक लागेर बाटोबाटै फर्किएका छन्।
माघ २, २०७९ सोमबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।