पोखरा विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको पोस्टमार्टम पोखरामै, बाँकी काठमाडौं लगिने

पोखरा विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको पोस्टमार्टम पोखरामै, बाँकी काठमाडौं लगिने

पोखरा : आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको पोखरामा पोस्टमार्टम हुने भएको छ।

बाँकी ४५ जनाको शव काठमाडौं पठाइनेछ। काठमाडौंबाट पोखरा आएको फरेन्सिक विशेषज्ञ टोलीको सल्लाहमा २४ जनाको पोखरामा र बाँकीको पोस्टमार्टमका लागि काठमाडौं लग्ने निर्णय गरेको हो।

आइतबार यती एअरलाइन्सको एन–एएनसी पोखरा नयाँगाउँस्थित सेती खोंचमा खस्दा विमानमा सवार ७२ मध्ये ६९ जनाको शव भेटिएको छ। तीनजना अझै बेपत्ता छन्।

सनाखत हुन नसकेका शव डीएनए परीक्षणका लागि काठमाडाैं लगिनेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको सूचनामा त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पुजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेलको पोस्मार्टम पोखरामै गरिने छ।

त्यस्तै संगिता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा. गनेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सन्दिप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको पोस्टमार्टम पनि पोखरामै गरिने छ।

माघ २, २०७९ सोमबार २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।