अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु, ४ हजार गाईवस्तु मरे

अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु, ४ हजार गाईवस्तु मरे

एजेन्सी : अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु भएको छ।

बद्घिस र अन्य प्रान्तमा पनि चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन्। बसाइँसराइमा जाँदै गर्दा अत्यधिक चिसोका कारण अधिकांश मानिस अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हेरात क्षेत्रीय अस्पतालको तथ्याङ्क अनुसार यहाँ कम्तिमा ७० जना हाइपोथर्मियाका कारण अस्पताल भर्ना भएका छन्। यसैगरी चारजना लागुऔषध दुर्व्यसनीको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ती सबै गोठाला रहेको बुझिएको छ।

स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ। यसैगरी सार–ए–पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले रिपोर्ट गरेको छ।

तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो।

सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कदो छ। यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ।

माघ २, २०७९ सोमबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।