गण्डकीको उप–सभामुखमा एमालेकी विनाकुमारी

गण्डकीको उप–सभामुखमा एमालेकी विनाकुमारी

पोखरा : गण्डकी प्रदेशसभाको उप–सभामुखमा एमालेकी विनाकुमारी थापामगर निर्वाचित भएकी छन्।

बुधबार भएको उप–सभामुखको निर्वाचनमा उनको पक्षमा ३२ मत परेको हो। उनीविरुद्ध उठेकी कांग्रेसकी पार्वती तामाङले २६ मतमात्र प्राप्त गरिन्।

सोमबार बिहान बसेको एमाले संसदीय दलको बैठकले बागलुङबाट निर्वाचित मगरलाई उप–सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

उनको पक्षमा सत्ता गठबन्धनमा रहेको एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एकीकृत समाजवादीका सांसद राजीव गुरुङले मत दिएका हुन्। लामो समय अखिल नेपाल महिला संघमा काम गरेकी उनी बागलुङ एमाले सचिवालय सदस्यसमेत हुन्।

२७ सांसद् रहेको कांग्रेसका एकजना सांसद अनुपस्थित हुँदा तामाङले २६ मतमा पाएकी हुन्। यसअघि नै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण धिताल सभामुख बनिसकेका छन्।

माघ २, २०७९ सोमबार १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।