माघी महोत्सवमा बेलुन भर्ने हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किंदा एक वृद्धकाे मृत्यु

माघी महोत्सवमा बेलुन भर्ने हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किंदा एक वृद्धकाे मृत्यु

बुटवलः बेलुन भर्ने हाइड्रोजन ग्यासकाे सिलिण्डर पड्किंदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाणगंगा-८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखिया रहेका छन्।

भलवाडको कपिलधाममा सोमबारदेखि संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किंदा नासिरकाे ज्यान गएकाे हाे। मृतक नासिर विगत ४० वर्षदेखि बरफ बेच्दै आएका थिए।

माघ २, २०७९ सोमबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।