लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका घर्तीको मात्र उम्मेदवारी
बुटवलः लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा ४ जनाको मनोनयन दर्ता भएको छ। संसद् सचिवालयले जारी गरेको सूचना अनुसार सोमबार साँझ ५ बजे सम्म मनोनयन दर्ताका लागि समय दिइएको थियो।
साँझ ५ बजे सम्म सभामुखमा १ र उपसभामुखमा ३ गरी ४ जनाको मनोनयन दर्ता भएको हो। सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र मनोनयन दर्ता भएको छ।
उपसभामुखमा भने राप्रापकी मेनुका खाँण, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोनयन दर्ता भएको हो।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन्। प्रदेशसभामा सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन्।कांग्रेसका भने २७ सदस्य छन्।
कांग्रेसले सरकारलाई समर्थन गरेको छैन। १–१ प्रदेशसभा सदस्य रहेको एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन गरेका छैनन्।
माघ २, २०७९ सोमबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।