यती एअरलाइन्सले भन्यो– ‘पोखरामै शव बुझ्न यी नम्बरमा सम्पर्क गर्नूस्’
काठमाडौं : यती एअरलाइन्सले आइतबार पोखरामा दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव बुझ्न चाहने परिवारलाई सम्पर्क गर्नका लागि आग्रह गरेको छ।
सोमबार एक विज्ञप्ति निकालेर यअरलाइन्सले ७२ जना सवारमध्ये ६९ जनाको शव फेला परेको भन्दै पहिचान भएका शव पोखरामै बुझ्न चाहने परिवारजनलाई सम्पर्क गर्न आग्रह गरेको हो।
एअरलाइन्सका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म ४१ जनाको शव पहिचान भइसकेका र पोष्टमार्टमपछि शव बुझाइने उल्लेख छ।
शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्यउ काठमाडौंबाट पोखरा पुगिसकेको र पोष्टमार्टमको प्रक्रिया सुरू भइसकेको छ।
विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरू काठमाडौं ल्याउन लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको र सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानजमा राखिएको यअरलाइन्सले जनाएको छ।
कम्पनीले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनललाई थप जानकारीका लागि काठमाडौंमा पेम्बा शेर्पालाई सम्पर्क व्यक्ति तोकेर ९०१००७५३१ र पोखराका लागि स्नेशन म्यानेजर राम लामिछानेलाई सम्पर्क व्यक्ति तोकेर ९०२८२८८०० नम्बरकमो सम्पर्क गर्न भनेको छ।
अस्पतालमा सम्पर्क गर्नका लागि कम्पनीले पोखरामा हर्क रावल (०९२११२२२० र सुष्मा श्रेष्ठ (९०२१२१११०)लाई तोकेको छ।
माघ २, २०७९ सोमबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।